देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षा, उच्च भू-भागमा हिमपातको सम्भावना

 #आजको मौसम     २०८१, २० कार्तिक मंगलवार ०८:१५     240 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।