पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ, नर्भिकमा उपचार हुँदै

 संवाददाता    २०८१, १९ कार्तिक सोमबार १४:५२     286 जनाले पढ़िसके



Spread the love

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

९६ वर्षीय उनको छातीमा सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।