नेपाली संवत् नेपाली माटोको संवत् हो: प्रधानमन्त्री ओली

 प्रधानमन्त्री     २०८१, १७ कार्तिक शनिबार १०:२५     190 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन्। नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए।

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।