विदेशमा आर्जन गरेको सीप र धनलाई नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई प्रधानमन्त्रीको आग्रह

 प्रधानमन्त्री     २०८१, ११ कार्तिक आईतवार १५:१७     124 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आर्जन गरेको सीप र धनलाई एकताबद्ध भएर नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।

गैरआवासीय नेपाली संघ एनआरएनको आज काठमाडौंमा आयोजित गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले नागरिकताका विषयमा गैरआवासीय नेपाली संघले राखेको मागप्रति सरकार सकारात्मक रहेको बताए । उनले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याँइ नगर्ने पनि बताए ।

उनले एकताबद्ध भएर अगाडी बढे नेपालको विकास संभव भएको बताए । उनले गैरआवासीय नेपाली संघको छविलाई कायम गरि संगठनलाई एकताबद्ध राख्न र राजनीतिक रुपमा विभाजित नहुन आग्रह पनि गरे ।