कर्मैया आदर्श क्याम्पसको १२ औँ वार्षिक साधारण सभा तथा प्राज्ञिक भेला सम्पन्न

 शिक्षा स्थानीय     २०८१, ११ कार्तिक आईतवार १४:५९     219 जनाले पढ़िसके



Spread the love

सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा रहेको कर्मैया आदर्श क्याम्पसको आज १२ औँ वार्षिक साधारण सभा तथा प्राज्ञिक भेला सम्पन्न भएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पुडासैनीको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहाको प्रमुख आतिथ्यतामा बिहान क्याम्पसको वार्षिक साधारण सभा एवं प्राज्ञिक भेला सम्पन्न भएको हो । सभामा बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्णकुमार लामा, शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका निर्देशक ठुलोबाबु दाहाल, बागमती नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक राजकुमार विश्वकर्मा, बागमती नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, नेकपा एमालेका नेता रेवती पन्त, नेकपा एकीकृत समाजवादी पार्टीका लक्ष्मण पौडेललगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा त्यस क्याम्पसमा अध्ययन गरेर सरकारी सेवामा प्रवेश गर्ने पूर्व विद्यार्थीहरु विन्दु रामदाम, अस्मिता थिङ, दुर्गा चौलागाईंसहित क्याम्पसका संस्थापक स्वर्गिय टंकप्रसाद प्रसाईकी पत्नी तुलसा प्रसाई, संस्थापक सदस्य स्वर्गिय काजिराम कुशवारकी पत्नी चन्द्रकुमारी कुशवार लगायतलाई क्याम्पसले सम्मान गरेको छ ।
वार्षिक साधारण सभा एवं प्राज्ञिक भेलामा गत आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको क्याम्पस प्रमुख शंकरकुमार झाले जानकारी दिए ।