रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

 #अपराध     २०८१, ९ कार्तिक शुक्रबार ०९:२५     179 जनाले पढ़िसके



Spread the love

सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

सोही प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। जोशी असोज ६ गते पक्राउ परेका थिए।यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै जिल्ला प्रहरी कास्कीले लामिछानेलाई हिजो अदालत उपस्थित गराएको थियो। गत आइतबार पूर्वगृहमन्त्री लामिछानेमाथि किर्तेसहित संगठित अपराधमा अनुसन्धान गर्न अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।