अन्तत: सर्लाही कांग्रेस सभापती सिंह भ्रष्टाचारमा दोषी ठहर, एक करोड तेइस लाख छ सय छ रुपैयाँ चार पैसा असुल गर्ने फैसला

 काँग्रेस     २०८१, ८ कार्तिक बिहीबार १७:२३     541 जनाले पढ़िसके



Spread the love

काठमान्डौं,

नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंह अन्तत: भ्रष्टाचारमा दोषी ठहर भएका छन। विशेष अदालतबाट दोषी ठहर भएसंगै उनी सर्वोच्च पुगेका थिए।

तर सर्वोच्चको २०८० फाल्गुन महिनामा आएको सर्वोच्चको फैसलामा उनी दोषी भनिएपनी पूर्णपाठ नआउंदा फैसलामा के आदेश भएको यकिन हुन सकेको थिएन हालै केही दिन अघि आएको पूर्णपाठमा उनलाई दोषी भनी फैसला भएको छ।

पूर्ण्पाठको फैसलामा कांग्रेस सभापती सुरेन्द्र प्रसाद सिंह लगायत अन्य प्रतिवादीका बारे यस्तो भनिएको छ।

माथि विवेचित आधार कारणबाट विशेष अदालत काठमाडौंबाट मिति २०७१।०९।२५ मा प्रतिवादी मध्येका सुरेन्द्र प्रसाद सिंहलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिमको र प्रतिवादी रामेश्वर प्रसाद भारतीले सोही ऐनको दफा ७(१) बमोजिमको कसूर गरी रु.१,२३,००,६०६।०४ सम्म नेपाल सरकारलाई गैरकानूनी हानी नोक्सानी पुर्‍याएको देखिएकोले प्रतिवादी सुरेन्द्र प्रसाद सिंहबाट हानी नोक्सानी पुर्‍याएको बिगो रु.१,२३,००६०६।०४ ( एक करोड तेइस लाख छ सय छ रुपैयाँ चार पैसा) सोही ऐनको दफा २९ बमोजिम असूल गर्ने गरेको, प्रतिवादी रामेश्वर प्रसाद भारतीको हकमा बिगोतर्फ दावी नहुँदा उक्त ऐनको दफा ७(१) र २९ बमोजिम रु.५,०००।– (पाँच हजार) जरिवाना गर्ने गरेको र प्रतिवादी मध्येका नारायण प्रसाद अधिकारी, नवल किशोर प्रसाद साह, दशै पण्डित, गोनोर महतो, तेजनारायण राय, हरिनारायण मण्डल, रामनरेश राउत, हुलास राय, अमिरी राउत, दीपलाल साह, रामप्रेम सिंह, भूप नारायण साह, रामाश्रय साह, वेनी साह, लालवावु महतो, रामदेव प्रसाद साह, राजाराम राय, नन्दलाल महतो, फकिरा महतो, रामाश्रय साह र वन्धुलाल चौधरीले भने दावीको कसूर गरेको सवुद प्रमाणबाट पुष्टि नभएको हुँदा निजहरुले कसूर गरेको नठहरी प्रस्तुत आरोपबाट सफाई पाउने ठहर गरेको हदमा विशेष अदालत काठमाडौंको मिति २०७१।०९।२५ को फैसला मिलेको हुँदा सदर हुने ठहर्छ। प्रतिवादी सुरेन्द्र प्रसाद सिंहलाई ९ (नौ) महिना कैद सजाय गरेको हदसम्म विशेष अदालतको फैसला मिलेको नदेखिँदा केही उल्टी भई निजलाई ४ (चार) महिना १५(पन्ध्र) दिन कैद सजाय हुने ठहर्छ। आरोपित कसूरबाट पूर्ण सफाई पाउँ भन्ने सजाय पाएका प्रतिवादीहरु सुरेन्द्र प्रसाद सिंह र रामेश्वर भारतीको पुनरावेदन जिकिर र अभियोग माग दावीबमोजिम नै सबै प्रतिवादीहरुलाई सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन। अरुमा तपसील बमोजिम गर्नू।

यस्तै उनलाई विशेष अदालतले ९ महिना कैद गर्ने फैसला उल्टाउंदै सर्वोच्चले ४ महिना १५ दिन कैद सजाय हुने र सो कैद सजाय पनि अनुसन्धानको क्रममा थुनामा रहेको हुंदा कैद असुल भएको जनाएको छ।