नसरल्लाहका भाइ र उत्तराधिकारी हशिम सफिइद्दिनको पनि इजरायलले गर्‍यो हत्या

 #अन्तरास्ट्रिय     २०८१, ७ कार्तिक बुधबार १७:०९     202 जनाले पढ़िसके



Spread the love

इजरायलले हिजबुल्लाहका वरिष्ठ नेता हशिम सफिइद्दिनलाई पनि मारिसकेको पुष्टि गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै इजरायलले सेप्टेम्बर २७ मा हसन नसरल्लाह मारिएपछि प्रमुख हुने ठानिएका सफिइद्दिनलाई तीन हप्ता अघिको हमलामा मारिसकेको बताएको छ।

नसरल्लाहलाई मार्न भन्दा ठूलो विस्फोट गराएको सो हमलामा सफिइद्दिन, सो समूहको गुप्तचर शाखाका प्रमुख अलि हुसेन हजिमा लगायत २५ जना हिजबुल्लाह नेता र लडाकूहरू मारिएको दाबी गरिएको छ।

सफिइद्दिनलाई पनि इजरायलले मारेपछि अब सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका जीवित नेताहरूमा उपमहासचिव नइम कासिम सबैभन्दा वरिष्ठ भएका छन्।

नसरल्लाहको हत्यापछि कासिम सो समूहको अनुहार भए पनि उनी नसरल्लाह र सफिइद्दिन जति लोकप्रिय छैनन्।

नसरल्लाह मारिएको बैठकमा कारणवश अनुपस्थित भएर जोगिएका वरिष्ठ नेता हशिम सफिइद्दिन नसरल्लाहका भाइ हुन्। उनीहरूका आमाहरू दिदी-बहिनी हुन्।