नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा गजुरेल पुन: नियुक्त

 संवाददाता    २०८१, ४ कार्तिक आईतवार १३:५८     187 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेलले निरन्तरता पाएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनको कार्यकाल शनिबारदेखि सकिन लागेपनि पुनः तीन वर्षका लागि निरन्तरता दिने निर्णय भएको सरकारका एक मन्त्रीले बताएका छन।

इन्टरमोडल विकास समितिले मुलुकमा सुक्खा बन्दरगाह (आइसिडी) तथा एकीकृत जाँचचौकी (आइसिटी) सञ्चालन गर्दै आएको छ । सिन्धुलीका गजुरेल यातायात विज्ञका रूपमा समेत चिनिन्छन्। उनले जर्मनी बाट आफ्नो अध्ययन पूरा गरेका हुन। उनले लगानी बोर्डमा समेत काम गरिसकेका छन।