काठमाण्डु, – आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ ।
विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म मान्यजन टाढा रहेकाहरुले टीका प्रसाद ग्रहण गर्दछन् ।
बिहानैदेखि काठमाण्डु उपत्यकासहित देशभरका प्रमुख सहर गाउँगाउँमा निधारमा रातो टीका र जमरा लगाएकाहरुको चहलपहल देख्न सकिन्छ ।
यसैबीच काठमाण्डु उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ ।
दशैं मनाउन घर गएकाहरु पर्कन थालेसँगै केही दिन सुनसान देखिएका उपत्यकाका सडकमा सवारी साधनको चाप देखिन थालेको छ ।
यो वर्ष कात्तिक १ गते कोजाग्रत पूर्णिमा परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सोही दिनबाट बडादशैं सकिन्छ ।