राष्ट्रपतिले प्रधानमन्त्री, उपप्रधानमन्त्रीलाई लगाइदिए टीका र जमरा

 राष्ट्रपति     २०८१, २६ आश्विन शनिबार १७:५७     186 जनाले पढ़िसके



Spread the love

टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत शीतलनिवास पुगेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायत अधिकारीले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।