बाढी,पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुग्यो

 बाढी पहिरो     २०८१, १४ आश्विन सोमबार १६:५६     193 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । पछिल्लो बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय पुगेको हो ।

त्यस्तै घाइते १२७ र बेपत्ता २६ जना रहेका छन् । प्रहरीका अनुसार विपतमा परेका ४२ सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।

असोज १० देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला प्रभावित भएका थिए ।