झ्याप्ले खोलाकाे पहिराेमा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु

 बाढी पहिरो     २०८१, १२ आश्विन शनिबार २२:१९     119 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलाकाे पहिरोमा बस र माइक्रो पुरिएको छ । पहिराेमा पुरिएका १४ वटा शव निकालेको जानकारी प्रहरीले दिएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बस र माइक्रो शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

बस र माइक्रो दुवै काठमाडाैं आउँदै गरेकाे प्रहरीले जनाएकाे छ ।