मनाङमा भूकम्पको धक्का

 संवाददाता    २०८१, १५ भाद्र शनिबार १२:०१     98 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।