सुदूरपश्चिममा मनाइने गौरा पर्व भदौ १० मा काठमाडौंको टुँडिखेलमा मनाइएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए ।
सोही क्रममा गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराजुलुस गरेका थिए । नाराजुसुल गर्ने कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा पक्राउ परेका थिए । उनीहरू आज छुटेका हुन् ।
