रामेछाप पहिरोमा बेपत्ता थप एक जनाको शव फेला

 संवाददाता    २०८१, १० भाद्र सोमबार १६:४८     119 जनाले पढ़िसके



Spread the love

रामेछापको लेखर्कमा गएको पहिरोमा थप एक जनाको शव फेला परेको हो।

आइतबार बिहान साढे ३ बजे दोरम्बा शैलुङ गाउँपालिका-३ लेखर्कस्थित पहरी गाउँमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको थियो।

सोमबार थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या ७ पुगेको हो।

पहिरोले तीन वटा घर बगाएको थियो भने एउटा घर पहिरोले पुरिएको थियो।

सोमबार ७५ वर्षीया पुड्की पहरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

त्यस्तै लेखर्कका ३० वर्षीया चण्डिका श्रेष्ठ, १८ महिने आमुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको शव फेला परेको हो।

यस घटनामा अझै तीन जना बेपत्ता रहेको कार्यालयले जनाएको छ।