युक्रेनको राजधानी कीभ पुगे मोदी

 #अन्तरास्ट्रिय     २०८१, ७ भाद्र शुक्रबार १५:५२     93 जनाले पढ़िसके



Spread the love

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी कीभ पुगेका छन् । पोल्यान्डबाट करिब १० घण्टाको रेल यात्रा हुँदै मोदी कीभ पुगेका हुन् ।

१९९१ मा सोभियत सङ्घबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीको यस युक्रेन भ्रमणलाई रुस-युक्रेन युद्धसँग जोडेर हेरिएको छ । मोदीले युक्रेनलाई रुससँगको जारी युद्धमा नयाँ सहमतिमा लैजान पहल गर्न सक्ने विश्लेषण गरिएको छ ।

रुस-युक्रेन युद्ध सुरु भएपछि विश्वका कैयौँ ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् ।

मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । यस क्रममा उनले युक्रेनका राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिँदै महत्त्वपूर्ण भ्रमण भनेको छ ।