मर्स्याङ्दीमा बस दुर्घटना

 संवाददाता    २०८१, ७ भाद्र शुक्रबार १२:३७     75 जनाले पढ़िसके



Spread the love

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको छ । करिब साढे ११ बजेतिर बस खसेको प्रहरीको भनाइ छ ।

नदीमा देखिएको बसको आधा भाग हेर्दा भारतीय हो कि भन्ने प्रहरीको आशंका छ। अहिले कुरिनटारबाट खटिएको गोताखोर टोली, नेपाली सेना र आँबुखैरेनीको प्रहरीसहित करिब ५०–६० जना सुरक्षाकर्मी उद्धारमा खटिएको एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बसमा कति यात्रु थिए र बस कहाँबाट आएको हो भन्ने यकिन हुन नसकेको पनि शाहीले नयाँ पत्रिकालाई बताए ।