तत्कालिन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान लिने तयारी

 संवाददाता    २०८१, ७ भाद्र शुक्रबार ०८:५२     135 जनाले पढ़िसके



Spread the love

गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो।

लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिए।

लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ। उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ। फोटो : फाईल