सर्वसाधारणले छिटै धरहरा चढ्न पाउँछन् : उपप्रधानमन्त्री सिंह

 संवाददाता    २०८१, ५ भाद्र बुधबार १७:१५     73 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने बताएका छन । आज मन्त्रालयमा पूर्वाधार पत्रकारहरूसँगको छलफलमा उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए ।

यस्तै उनले संसद्कै पहिलो र दोस्रो ठूलो राजनीतिक दल मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए ।

उपप्रधानमन्त्री सिंहले काठमाण्डौ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको बताए । काठमाण्डौलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसका लागि काम शुरु गरिसकेको उनको भनाइ छ ।