आज चार संसदीय समितिको बैठक बस्दै

 संवाददाता    २०८१, २ भाद्र आईतवार ०८:२२     68 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

जस अन्तर्गत कानून, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने छ ।

त्यस्तै बिहान ११ बजे महिला समिति बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ ।

यता पूर्वाधार समिति बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ।

यसैगरी बिहान ११ः३० मा बस्ने कृषि समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।