कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ ७ सम्मलाई स्थगित

 संवाददाता    २०८१, २८ श्रावण सोमबार १८:५०     62 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गतेसम्मलाई स्थगित भएको छ। कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो।

साउन २३ गतेदेखि सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा. मीनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले आफ्नो धारणा राखे।

त्यसैगरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले पनि आफ्नो धारणा राखेका थिए।