प्रधानसेनापति शर्मा आजबाट बिदामा, कामु सेनापतिलाई बरबुझारथ

 संवाददाता    २०८१, २५ श्रावण शुक्रबार १३:५५     63 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आजदेखि सकिने भएको छ । शर्मा भदाै २४ गतेदेखि अवकाशमा जान लागेका हुन् । अवकाशको पूर्वसन्ध्यामा सकल दर्जालाई सम्बोधन गर्दै शर्माले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराएका छन् ।

आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अंगिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

नेपाली सेनाले निर्माण जिम्मा लिएका विभिन्न पूर्वाधार आयोजनाको प्रगति अवस्थाबारे प्रधानसेनापति शर्माले जानकारी गराएका हुन् ।