ढाका ट्रिब्युनका अनुसार बिहीबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युनुसले आफूले शान्ति सुव्यवस्थालाई प्राथमिकतामा राखेको बताए ।
उनले ‘क्रान्ति’लाई सम्भव बनाएका युवाहरूको प्रशंसा गरे । युवाहरूले देशलाई पुनर्जन्म दिएको उनको भनाइ छ ।
“म देशवासीलाई ममाथि भरोसा गर्न, ममाथि विश्वास गर्न आग्रह गर्दछु,” उनले भने ।
उनलाई बिहीबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दीनले शपथ ग्रहण गराउने छन् ।
विमानस्थलमा युनुसलाई आर्मी स्टाफ जनरल वाकर–उज–जमान, एयर चिफ मार्सल हसन महमुद खान र नौसेना प्रमुख एडमिरल एम नजमुल हसनले स्वागत गरेका थिए ।
