आज संसदका ६ वटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

 संवाददाता    २०८१, २४ श्रावण बिहीबार ०८:३०     122 जनाले पढ़िसके



Spread the love

आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठक बिहीबार बस्दैछ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ।

कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ।

कानुन समितिको बैठकमा टिआरसी विधेयकबारे छलफल गर्ने कार्यसूची छ भने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संसोधन गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची छ।

सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ।

बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक साढे १२ बजे बस्नेछ।

बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था सम्बन्धमा छलफल गर्ने, ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे बस्नेछ।

बैठकमा वर्षायाममा डेंगु, हैजा लगायतका सरुवा रोग संक्रमणको हालको अवस्था सरूवा रोग नियन्त्रणका लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ।