कोलोराडोको बोल्डरमा गुञ्जियो ‘नेपथ्य’

 संवाददाता    २०८१, २१ श्रावण सोमबार ०९:२१     95 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – चर्चित व्याण्ड नेपथ्यले आफ्नो अमेरिका श्रृंखला २०२४ यात्राको सुरुवात कोलोराडोको बोल्डरबाट शुरु गरेको छ ।

अमेरिकाका सातवटा शहरहरुमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले साँगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुती बोल्डरमा दिएको हो ।

‘सा कर्णाली’, ‘मै मरिजाउँला’ ‘कोशीको पानी यो जिन्दगानी’ जस्ता गीत प्रस्तुत भएको कन्सर्टमा दर्शकहरु ब्याण्डसंगै झुमे ।

कन्सर्टको अन्तिमतिर अमृत गुरुङले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्रको माहोल तै अर्कै बन्यो । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको यो कन्सर्टमा ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले दर्शको उत्तेजनाको पारो ततायो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।