मन्त्रिपरिषद्ले पायो पूर्णता, नियुक्त भए तीन राज्यमन्त्री

 प्रधानमन्त्री     २०८१, १८ श्रावण शुक्रबार १७:२५     75 जनाले पढ़िसके



Spread the love

काठमाडौं, केपी शर्मा ओली नेतृत्वको सरकारमा सबै मन्त्रीहरूको टुंगो लागेको छ ।

आज तीनजना राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नेपालको संविधानले प्रधानमन्त्रीसहित बढीमा २५ जनाको मन्त्रिपरिषद् बनाउने सीमा तोकेको छ ।

असार ३१ मा २२ जना मन्त्रीसहित बनेको सरकारमा तीन राज्यमन्त्री नियुक्त हुन बाँकी थियो । शुक्रबार कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक गरि तीन राज्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।

तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन् ।

उनीहरूले आजै शपथ लिनेछन् । तामाङ रामेछाप, विक पाल्पा र चौधरी कैलालीका हुन् ।