कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने बोर्डकाे तयारी

 संवाददाता    २०८१, १८ श्रावण शुक्रबार ०६:४२     75 जनाले पढ़िसके



Spread the love

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डले आज एक सूचना जारी गर्दै कुनै प्राविधिक समस्या नआएमा नतिजा आज सार्वजनिक हुने जानकारी दिएको हो । बोर्डका अनुसार यस वर्षको कक्षा १२ को परीक्षामा ४ लाख ८१ हजार ८९७ जना परीक्षार्थीले परीक्षा दिएका थिए ।

गत वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा संचालन भएको थियो ।