एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत, न्यौपाने र श्रेष्ठको स्थायी कमिटीमा इन्ट्री

 एमाले     २०८१, १७ श्रावण बिहीबार १६:५८     80 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एमालेले गुरु बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ ।

सचिवालय बैठक मार्फत रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनीत गरिएको एक नेताले जनाकारी दिए ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो । त्यसयता उपाध्यक्ष पद रिक्त थियो ।

उपाध्यक्षसँगै एमालेले थप दुई नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।

मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरिएको हो ।