टीआरसी विधेयकमा सहमति जुटाउन सिंहदरबारमा कार्यदलको बैठक जारी

 राजनिती     २०८१, १७ श्रावण बिहीबार ०८:४५     77 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको मन्त्रालयमा कार्यदलको बैठक बसेको हो ।

बैठकमा कांग्रेसका तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरासिया लगायत सहभागी छन् ।

बैठकमा टीआरसी विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल भइरहेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।