पहिलो महिला मुख्य सचिव लीलादेवी गड्तौलाले रचिन इतिहास

 सरकार     २०८१, १० श्रावण बिहीबार १८:५६     100 जनाले पढ़िसके



Spread the love

मन्त्रिपरिषदको बैठकले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। यो निर्णयसँगै गडतौला पहिलो महिला मुख्यसचिव भएकी छन्।

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन्।