जहाज दुर्घटनामा मृत्यु भएकाको शव भोलीसम्म परिवारलाई बुझाइने

 संवाददाता    २०८१, १० श्रावण बिहीबार ११:५५     97 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा नै सो विमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।