विमान दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

 #दुर्घटना     २०८१, ९ श्रावण बुधबार १९:२९     122 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहेका छन्।

त्यस्तै, शोकका लागि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीहरुलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण सोको अनुगमन गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए।