सौर्य एयर विमान दुर्घटना : एक यमन नागरिक सहित १८ को निधन

 #दुर्घटना     २०८१, ९ श्रावण बुधबार १४:०९     208 जनाले पढ़िसके



Spread the love

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा एक यमनका नागरिकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अरिफ रेडा रहेको खुलेको छ । रेडा सौर्य एयरमा कर्मचारीको रूपमा काम गर्दै आएका थिए ।

सौर्य एयरका डेपुटी जनरल मेनेजर उमेश आचार्यका अनुसार यमन नागरिक रेडासहित अन्य १७ जना प्राविधिक कर्मचारी विमानमा सवार थिए । उनीहरू पोखराका लागि उडानमा थिए ।

दुईजना चालकदलका सदस्य रहेको कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार १८ जनाको शव संकलन गरिएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ ।