काठमाडौं, लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम कांग्रेस–एमालेले टुंगो लगाएका छन । पार्टी केन्द्रीय समितिले दिएको नामावलीको आधारमा दुवै पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।
कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंगो लगाएको छ । बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ ।
गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम मन्त्रीको रुपमा टुंगिएको जनाइएको छ ।
नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गर्ने कार्यक्रम छ । सुरुमा मन्त्रीहरुले विना विभागिको रुपमा सपथ लिने र पछि जिम्मेवारी तोकिने बताइएको छ ।