विश्वासको मत लिन प्रतिनिधि सभा बैठकमा उपस्थित ओलीले कांग्रेस र एमाले बिचको सातबुँदे सहमति सार्वजनिक गर्दै भने– दुईवर्षपछि सरकारको नेतृत्वमा देउवा

 संवाददाता    २०८१, ६ श्रावण आईतवार १६:३७     47 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक भएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सहमति सार्वजनिक गरेका हुन् ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् । फोटो : फाइल
7bude-1721552787.JPG