प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

 प्रधानमन्त्री     २०८१, ६ श्रावण आईतवार १०:५१     92 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे बैठक बोलाइएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार गत असार ३० गते प्रधानमन्त्रीमा ओली नियुक्त भएका थिए।

विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा १३८ मत पाउन आवश्यकता पर्दछ। प्रतिनिधि सभामा २७५ सदस्य छन् । ओलीसँग कांग्रेसको ८८, एमालेको ७९, जसपाको ७, लोसपाको ४ सिट सहित दुई तिहाई बहुमत देखिएको छ। यता जनमत पार्टी, नागरिक उन्मुक्ति लगायतका दलले पनि उनलाई समर्थन गर्ने बताएका छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उनको विपक्षमा मत दिनेछन्।