कांग्रेस मुख्य सचेतकमा श्याम घिमिरे

 काँग्रेस     २०८१, ५ श्रावण शनिबार २२:००     90 जनाले पढ़िसके



Spread the love

सत्ता साझेदार दल नेपाली कांग्रेसको मुख्य सचेतकमा श्याम घिमिरे तोकिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार घिमिरेलाई मुख्य सचेतक मनोनीत गरेका हुन्।

यसअघि रमेश लेखक मुख्य सचेतक थिए।

उनी गृहमन्त्री बनेपछि असार ३१ गतेदेखि मुख्य सचेतक पद रिक्त थियो।

रिक्त रहेको पदमा घिमिरेलाई मनोनीत गरिएको सभापति देउवाको सचिवालयले जनाएको छ।