संसद्लाई काम दिने बारे प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

 #प्रतिनिधी सभा वैठक     २०८१, ३ श्रावण बिहीबार १६:०४     80 जनाले पढ़िसके



Spread the love
काठमाडौं— सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग बिहीबार सिंहदरबारमा छलफल गरेका छन्।

संसद्लाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ।

बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउने बारे भन्नेबारे छलफल भएको जानकारी दिएका छन्।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।