नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड जितेकोमा प्रधानमन्त्री ओलीको बधाई

 #नेपाली क्रीकेट प्रधानमन्त्री     २०८१, ३ श्रावण बिहीबार १५:३३     129 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेकाेमा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन।

नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको हो ।