सरकारले बनायो गड्तौलालाई कामु मुख्यसचिव

 सरकार     २०८१, १ श्रावण मंगलवार १५:१६     141 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम (कामु) मुख्यसचिव बनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि मुख्यसचिव रहेका डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बिन भएका थिए। अर्याल निलम्बित भएसँगै सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

हिजो बसेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पूर्ण जिम्मेवारीसहित गड्तौलालाई कामु मुख्यसचिव बनाउने निर्णय गरेको हो।