प्रधानमन्त्री ओलीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

 सर्वोच्च अदालत     २०८१, ३२ असार सोमबार १४:४८     55 जनाले पढ़िसके



Spread the love

अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले कानुनविपरीत राष्ट्रपति पौडेलले गरेको ओलीलाई प्रधानमन्त्री नियुक्ति बदर गर्नुपर्ने मागसहित सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमाथिको सुनुवाइ साउन ६ गते हुनेछ ।

आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सोही उपधारा अनुसार नियुक्त भएको र संसद्बाट विश्वासको मत नपाएर पदमुक्त भएपछि अब उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने रिटकर्ताहरुको दाबी छ ।