राष्ट्रपतिको आह्वानलगत्तै दाबी पेश गर्न ओली र देउवाद्दारा हस्ताक्षर

 संवाददाता    २०८१, २९ असार शुक्रबार २१:२४     87 जनाले पढ़िसके



Spread the love

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसले दाबी पेश गर्ने भएका छन्।

त्यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेको नेकपा एमालेका सांसद सूर्य थापाले जानकारी दिए।

‘दुई दलको तर्फबाट दाबी प्रस्तुत गर्ने गरी कागज तयार पारिएको छ’, थापाले भने, ‘राष्ट्रपतिले आह्वान गरेलगत्तै दाबी पेश गर्ने तयारी छ।’