मन्थलीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

 #दुर्घटना     २७ असार २०८१, बुधबार ०८:५५     21 जनाले पढ़िसके



Spread the love

रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा मंगलवार साँझ प्र ३–०१–०२३ च ३९०९ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य सातजना घाइते भएका छन् ।

गाडी दुर्घटनामा परी मन्थली नगरपालिका-७ की मैया विकको घटनास्थलमै ज्यान गएको हो । गाडीमा सवार अन्य सात जना घाइते भएका छन् । उनीहरुको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

सदरमुकाम मन्थलीवाट क्षमता भन्दा बढी यात्रु लिएर खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीतर्फ जाँदै गरेको गाडी मन्थली नगरपालिका–७ भटौली र खाँडादेवी गाउँपालिका-९ पिगंखुरीको सिमानामा पर्ने मानेडाँडामा दुर्घटना भएको हो ।