रास्वपा केन्द्रिय समिति बैठक जारी, महामन्त्री ढकालबारे निर्णय लिइने

 रास्ट्रीय स्वतन्त्र पार्टी     २६ असार २०८१, मंगलवार ०९:४४     7 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक अहिले बसिरहेको छ।

पार्टी केन्द्रिय कार्यालय बालाजुमा जारी बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको बुझिएको छ।

साथै पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्ने वा निलम्बन हटाउने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

रास्वपाको गत बुधवार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो।