काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
तर, प्रधानमन्त्री दाहालले आफूले संवैधानिक प्रावधानअनुसार सदनमा विश्वासको मत लिने भनिसकेका छन् । प्रधानमन्त्री दाहालले आफूनिकट नेताहरुसँगको छलफलपछि असार २८ गते सदनमा विश्वासको मत लिने निधो गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।