एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

 #नेकपा एकीकृत समाजवादी     २०८१, २१ असार बिहीबार १८:३०     65 जनाले पढ़िसके



Spread the love

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । पार्टीको १०औं महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गरेको हो ।

भुसाल र नेपाल यसअघि पनि पार्टीको सोही भूमिकामा थिए । झलनाथ खनाललाई पनि सम्मानित नेतामा सर्वसम्मत चयन गरिएको छ । अन्य बाँकी पदमा कसलाई चयन गर्ने भन्ने जिम्मा सचिवालयलाई दिइएको छ ।