रास्वपाका मन्त्रीले राजीनामा दिँदै

 रास्ट्रीय स्वतन्त्र पार्टी     २०८१, २१ असार बिहीबार ०८:३१     58 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले आज राजीनामा दिँदैछन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो । सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ ।

सरकारमा रास्वपाका चार मन्त्री छन् । सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट सरकारमा रहेका आठ मन्त्रीले राजीनामा दिएका हुन् ।