नेकपा एमालेको सचिवालयको बैठक जारी रहेको छ । नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । पार्टी कार्यालय च्यासलमा जारी रहेको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई फिर्ता बोलाउनेबारे निर्णय हुँदैछ ।