बागमती प्रदेशसभाद्दारा २०८१/८२ को बजेट पारित

 बागमती प्रदेश     १५ असार २०८१, शुक्रबार ०९:१७     31 जनाले पढ़िसके



Spread the love

हेटाैंडा । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेकाे छ ।

बागमती प्रदेशसभा बैठकले बिहीवार साँझ अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

चालूतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकाे थियाे ।

बजेटमाथि ६ असारबाट प्रदेशसभामा छलफल थालिएकाे थियाे । तर, पहिलाे दिन नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाले बजेट असन्तुलित र त्रुटिपूर्ण रहेकाे भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । सरकार र विपक्षी दलबीच सांसदका याेजनामा रकमान्तर गरेर बजेट थप्ने सहमतिपछि ७ असारमा प्रदेशसभाकाे अवराेध हटेकाे थियाे ।

सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला मन्त्री थपलियाले बिहीवार जवाफ दिएपछि बजेट पारित गरिएको हो ।